site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देशको स्रोत साधन प्रयोग गर्न अब ढिलाइ गर्न हुँदैन : उद्योगमन्त्री भण्डारी
फाइल तस्बिर ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार निजी क्षेत्रसँग समन्वय गरेर काम गर्न तयार रहेको बताएका छन् ।

मंगलबार नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारण सभामा मन्त्री भण्डारीले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न आफू तयार रहेको बताएका हुन् ।

मन्त्री भण्डारीले लगानी सम्मेलनलाई सफल पार्न सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर सक्रिय भूमिका खेल्ने बताए ।

उनले देशमा रहेको स्रोत साधन प्रयोग गर्न अब ढिलाइ गर्न नहुने पनि बताए । सरकार र निजी क्षेत्र मिलेर देशमा देखिएको निराशालाई चिर्नुपर्ने बताए ।

उनले आयातलाई प्रतिस्थापन र निर्यात प्रवर्धन गरेर व्यापार घाटा घटाउन निजी क्षेत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको समेत बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro