site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आफ्नो नवनिर्मित कार्यालय भवन सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित भवनको उद्घाटन नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रूपमा गरेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर खाँले बैंक सञ्चालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरेका छन् ।कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको बताए ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, सिद्धार्थनगर नगरपालिकाका उपमेयर, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुखलगायत बैंक सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro