site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्र र नेसपाको यादव पक्षबीच पार्टी एकता गर्न मोडालिटी तयार गर्ने निर्णय
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्रराय यादव पक्षबीच पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय भएको छ । 

वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो । बैठकमा पार्टी एकताका लागि दुवै तर्फको संगठनात्मक स्थितिबारे एक आपसमा जानकारी गराउने काम पनि भएका नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । 

बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरू महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा र नेसपाका सहअध्यक्ष श्रेष्ठ र महासचिव रमेश यादव  सहभागी थिए । माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको यादव पक्षबीच गत चैत्र ३ गते पार्टी एकता गर्ने निर्णय सहमति गरेको थियो । सोही दिन एकता प्रक्रियालाई टुंग्याउन कार्यदल गठन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro