अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेर कारोबार भइरहेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि एक लाख ३९ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएर नयाँ रेकर्ड बनेको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको छ । सोमबारको तुलनामा चाँदी ३५ रुपैयाँ बढेर कारोबार भएको हो । सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा करोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१ १०:५२
प्रतिक्रिया दिनुहोस्