site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतले पनि माग्यो जन्मदर्ता
फाइल तस्बिर ।

काठमाडौं । उच्च अदालत पाटनले गौशाला २६ (छ)को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जन्मदर्ताका लागि दिएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको हो ।

यसअघि जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ (छ) लाई बालिग ठहर गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले पीडित बालिका नाबालिग नै भएको दाबी सरकारी वकिलले गरेको छ । सन्दीपले भने उनी बालिग ठहर भएको भन्दै आफूले सफाई पाउनुपर्ने माग दाबी गरेका छन् ।


 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्