site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
साओमी बलियो हुँदा एप्पलको बजार खस्कियो, सामसङ एक नम्बरमा

काठमाडौं । सन् २०२४ को पहिलो त्रैमासमा चिनियाँ ब्रान्ड साओमी र ट्रान्सिनले आक्रामक बजार लिँदा एप्पलको व्यापार खस्किएको छ ।

इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी)को रिपोर्टअनुसार, एप्पलले पहिलो त्रैमासमा पाँच करोड १० लाख फोन डेलिभर गरेको छ । यो संख्या अघिल्लो वर्षको यसै अवधिको पाँच करोड ५४ लाखको तुलनामा ९.६ प्रतिशतले कम हो ।

Dabur Nepal
NIC Asia

सामसङले गत वर्षकै बराबर लगभग ६ करोड १० लाख फोन ढुवानी गर्दै पहिलो नम्बरमा स्थान बनाएको छ । सामसङको बजार हिस्सा २०.८ प्रतिशत छ ।

एप्पलको बजार हिस्सा गत वर्ष २०.७ प्रतिशतका साथ शीर्ष स्थानमा थियो । यसको बजार हिस्सा अहिले १७.३ प्रतिशतमा झरेको छ ।

साओमीले गत वर्षको तुलनामा ३३.८ प्रतिशतभन्दा बढी चार करोड ८० लाख फोन ढुवानी गरेको छ । यसको बजार हिस्सा १४.१ प्रतिशत छ ।

यस्तै, टेक्नो, आइटेल, इन्फिनिक्स ब्रान्डका फोन उत्पादन गर्ने ट्रान्सिनले गत वर्षको तुलनामा ८४.९ प्रतिशतभन्दा बढी दुई करोड ८५ लाख फोन ढुवानी गरेको छ । ट्रान्सिनको बजार हिस्सा ९.९ प्रतिशत पुगेको छ ।

अर्काे चिनियाँ ब्रान्ड ओप्पोले गत वर्षको तुलनामा ८.५ प्रतिशत कम दुई करोड ५२ लाख फोन ढुवानी गरेको छ । ओप्पोको बजार हिस्सा ८.७ प्रतिशतमा झरेको छ ।

विश्वभर यो वर्ष मोबाइलको ढुवानी ७.८ प्रतिशतले बढेर २८ करोड ९४ लाख पुगेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro