site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख राजीव रिमाल समेत पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले आयोजनाको पाँच लाख ६१ हजार ४८१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दैै आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा सोही कार्यालयका सबइन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक वर्ष २०७८÷७९ मा सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारी समेतको मिलेमतोमा रकम हिनामिना गरिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

उनीहरूले सोरु गाउँपालिका–५ स्थित नेर सिँचाइ आयोजनाको काम गर्दा पाँच लाख ६१ हजार ४८१ रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूसँग पाँच लाख ६१ हजार ४८१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कमजोरी सहितको सकारात्मक बजेट
कमजोरी सहितको सकारात्मक बजेट