site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य
चैत महिनाको षष्ठीमा आइतबार जनकपुरधामको गंगासागर घाटमा राखिएको अर्घ्य । तस्बिर : निरञ्जनकुमार साह/रासस ।

काठमाडौं । मिथिलाञ्चलको आस्थाको महापर्व चैते छठको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

प्रत्येक वर्ष चैत र कात्तिकको शुक्ल षष्ठी तिथिका दिन जलाशयको किनारमा सूर्य र षष्ठी देवीलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाउने गरिन्छ । चारदिवसीय चैते छठ पर्वको आइतबार तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारको अर्घ्य अर्पण गरिएको छ ।

पर्वको पहिलो दिन बर्तालुले नहाय खाय विधि, दोस्रो दिन खरना गरिएको थियो । खरनाका दिन बर्तालुले दिनभर उपवास गरेर कुलदेवताको पूजा गरी बेलुका प्रसादग्रहण गरेका थिए ।

जनकपुरको ऐतिहासिक गंगासागर, धनुषसागर र अरगजा पोखरीलाई दुलहीझैँ सिँगारेर छठ मनाइँदै छ । धनुषाका ग्रामीण क्षेत्रमा पनि हर्षोल्लासका साथै चैते छठ मनाइएको छ ।

छठ पर्व मान्नाले दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निकोे हुने र पारिवारिक सुखशान्ति हुने जनविश्वास छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro