site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिशोध साध्न संसद् अवरुद्ध : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले आफूहरू सरकारमा गएकै कारण नेपाली कांग्रेसले सदन अवरुद्ध गरेको टिप्पणी गरेका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले प्रधानमन्त्रीको ‘अफर’ गरिएको पार्टी सरकारमा गएकाले प्रतिशोध साध्न कांग्रेसले संसद् अवरुद्ध गरेको जिकिर गरे ।

उनले कांग्रेसले राजनीतिक कारण नभई व्यक्ति र जनमत प्राप्त रास्वपाको अस्तित्व स्वीकार गर्न नसकेको टिप्पणी गरे । सदनको गतिरोध अन्त्यका निम्ति धेरैपटक छलफल गरिए पनि कांग्रेसले अडान नछाडेपछि अहिलेको अवस्था आएको उनले उल्लेख गरे ।

परियारले कांग्रेसको विरोधका कारण सरकार भागेको नभई समयमै बजेट ल्याउन र सदनको काम–कारबाही प्रभावकारी बनाउन चालु अधिवेशन अन्त्य गरिएको जिकिर गरे ।

उनले बजेट अधिवेशनसम्म सबै विषय छर्लंग हुने बताए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro