site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘स्रष्टा चैत्र ३०’ सम्मान ज्ञानुवाकर र लक्ष्मी मालीलाई

काठमाडौं । २०६२/६३ को जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदान स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले यस वर्षको सम्मान कविहरू ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ ।

गएको शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले पौडेल र मालीलाई सम्मान प्रदान गरे । कवि काइँलाले स्रष्टाले सधैँ प्रतिपक्ष भएर रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । जनआन्दोलनको मर्म र भावनालाई राजनीतिक नेताहरूले आत्मसात् गर्नुपर्ने उनले बताए ।

विभिन्न स्रष्टा यसअघि उक्त सम्मानबाट सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro