site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले जनताका मुद्दा सम्बोधन गर्छ : ज्ञवाली
फाइल तस्बिर ।

दमौली । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले जनताका मुद्दा सम्बोधन गर्ने बताएका छन् । एमाले व्यास नगर कमिटीले नयाँ वर्षका अवसरमा शनिबार तनहुँमा आयोजना गरेको शुभकामना आदानप्रदानमा उनले एमाले सधैँ जनताका पक्षमा रहेको र उनीहरूका मुद्दालाई प्राथमिकता दिँदै आएको बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले देशमा एमाले नै सकियो कि भन्ने भाष्य बनाइएको उल्लेख गरे । उनले भने, “विगतमा सरकारमा रहेर विपक्षी दल एमालेलाई देशमा नै एमालेको अस्तित्व सकियो भन्ने प्रोपगान्डा चलाइएको थियो । तर, त्यो सम्भव थिएन र भएन ।”

एमाले जनताको प्रिय पार्टी भएकाले सिध्याउन सम्भव नभएको उनले बताए । वर्तमान राजनीतिक कोर्षलाई सही दिशामा ल्याउन एमालेको भूमिका रहेको उनले उल्लेख गरे ।

उनले भने, “सरकारको मुख्य उद्देश्य भनेको राजनीतिक स्थिरता हो, जसले सुशासन र विश्वास सिर्जना गर्दछ । देशको अर्थतन्त्र सुदृढ बनाउन अहिलेको सरकार लागिपरेको छ ।”

घेराबन्दीका बाबजुद पनि एमाले देशको प्रमुख शक्ति भएको उनले बताए । एमालेले मात्र देशको विकास र समृद्धि ल्याउने उनको भनाइ थियो ।

भ्रष्टाचारविरुद्धको लडाइँमा कुनै पक्षपात नगरिने हुँदा अब देश निर्माणमा सम्पूर्ण राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा ज्ञवालीले जोड दिए । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro