site stats
बाह्रखरी :: Baahrakhari
देश
समाजवादको आधार तयार पार्न समाजवादी संस्कृतिको दिशाबोध आधारभूत सर्त : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्न सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत सर्त भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले समाजवादका निम्ति समाजको संस्कृति निर्माणका पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्नुपर्नेमा जोड दिए । उनले अग्रभागमा रहेर विशाल राष्ट्रिय जागरण पैदा गर्न सांस्कृतिक प्रतिष्ठानलगायत संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताए ।

उनले सांस्कृतिक नीति, पूर्वाधार, साधनस्रोत, संस्था र कलाकारहरूको प्रोत्साहनलगायत विषयमा सांस्कृतिक प्रतिष्ठानद्वारा राखिएका विषय र प्रस्तुतिहरूमा विशेष ध्यान गएको बताए ।

“...समाजको संस्कृति निर्माणका पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्दछ । त्यसले अग्रभागमा रहेर विशाल राष्ट्रिय जागरण पैदा गर्न सांस्कृतिक प्रतिष्ठानलगायतका संस्थाहरूले महत्त्वपूर्ण भुमिका खेल्नुपर्दछ र खेल्नेछन्,” उनले भने ।

Global Ime bank

प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक संस्थानको आवश्यकतालाई मध्यनजर गरी सरकारले अहिलेको नीति, कार्यक्रम र बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu