site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्रको कीर्तिमानप्रेरित नेपालको लगातार दोस्रो जित

काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङप्रेरित नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ । शनिबार दीपेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो ब्याटर बनेको खेलमा नेपालले कतारविरुद्ध ३२ रनको जित निकालेको हो ।

ओमानको अल अमेरत रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रन बनाएको थियो । कतारविरुद्ध २१ बलमा ६४ रन बनाएका दीपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले कतारका कम्रन खानको एकै ओभरमा ३६ रन प्रहार गरे ।

दीपेन्द्रअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका काइरन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । युवराजले इंग्ल्यान्डका स्ट्रुड बोर्ड र पोलार्डले श्रीलंकाका अकिला धनन्जयको ओभरमा ६ छक्का प्रहार गरेका थिए । युवराजले सन् २००७ को ट्वान्टी–२० विश्वकप र पोलार्डले २०२१ मा यो कीर्तिमान बनाएका हुन् ।

Dabur Nepal
NIC Asia

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने दक्षिण अफ्रिकाका हर्सेल गिब्स र अमेरिकाका जस्करन मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

d1-1713018782.jpg
दीपेन्द्रबाहेक आसिफ शेखले ५२ रन थपे । कुशल मल्लले ३५, कप्तान रोहितकुमार पौडेलले १८ र कुशल भुर्तेलले १३ रन बनाए ।

कतारका हिमान्सु राथोड र मुसावर साहले समान तीन विकेट लिए । अमिर फारुकले एक विकेट लिए ।

नेपालले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा कतारले २० ओभरमा नौ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । कतारका कप्तान मुहम्मद तानविरले ६३ रन जोडे । मोहम्मद अहनाफले २३, हिमान्सु राथोडले २२, अद्नान मिर्जाले १९ र कम्रन खानले १८ रन बनाए ।

नेपालका ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए । कुशल मल्ल र अविनाश बोहराले एक/एक विकेट हात पारे ।

नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । आउँदो सोमबार नेपालले हङकङविरुद्ध तेस्रो खेल खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro