site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल–भारतका जनताबीचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव
फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल–भारतका जनताबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन् ।

नयाँ वर्षको अवसर पारेर जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले जनता–जनताबीचको अतुलनीय सम्बन्धकै कारण दुई देशको सम्बन्ध प्रगाढ रहेको उल्लेख गरे । नेपाल–भारतबीचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता–जनताबीच रहेको उनको भनाइ थियो ।

सीमा क्षेत्रमा सुरक्षा र राजस्वका नाममा केही वर्षयता सर्वसाधारणसँग सुरक्षाकर्मीबाट भइरहेको व्यवहारले दुई देशबीचको सदियौँ पुरानो सम्बन्धमा नै खलल पुर्‍याउने उनले बताए । उनले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुवै सरकारसँग आग्रह गरे ।

महोत्सवअन्तर्गत साझा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro