site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अदालतले जनतालाई मर्का नपर्ने गरी न्याय निरूपण गर्नुपर्छ : ओली
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आमजनतालाई मर्का नपर्ने गरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा बूढानीलकण्ठ नगर अस्पतालको उद्घाटनका क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

जनताको विश्वास घट्ने खालको नभई अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्नेमा उनले जोड दिए । व्यक्तिको अधिकार सामूहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरूपण गर्दा अदालतले सो विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।

“म न्यायालयलाई पनि के आग्रह र अनुरोध गर्न चाहन्छु भने खालि कानुनको पुस्तक मात्रै पल्टाएर न्याय गरिएजस्तो अथवा पर्याप्त सोच, विचारबिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने गरी न्याय निरूपण अदालतले नगर्दाखेरि राम्रो हुन्छ,” उनले भने ।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकास निर्माणको काम आरोलो लागेको भन्दै अब क्रमशः अघि बढ्ने जिकिर गरे । न्युज एजेन्सी नेपाल
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu