site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री महराले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको हो ।

मुख्यमन्त्री महरालाई नेकपा (एमाले)का २९ जना, नेकपा (माओवादी केन्द्र)का १० जना, नागरिक उन्मुक्ति पार्टीका चारजना, जनता समाजवादी पार्टी (जसपा)का तीनजना, नेकपा (एकीकृत समाजवादी)का एकजना र स्वतन्त्र सांसद खड्क बस्नेतले विश्वासको मत दिएका हुन् ।

Dabur Nepal
NIC Asia

मुख्यमन्त्री महरालाई परेको ४८ मत कुल प्रदेशसभा सदस्यको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले घोषणा गरे ।

महराको विपक्षमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मत दिए ।

उनी चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro