site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक विजेता नेपाललाई मलेसियाको चुनौती 

काठमाडौं । साविक विजेता नेपाली क्रिकेट टिमले आज मलेसियाविरुद्ध खेल्दै एसीसी प्रिमियर कपको उपाधि रक्षाको यात्रा सुरु गर्दै छ ।

यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो । आज मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाली टिम सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । 

ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ४ः१५ बजेदेखि सुरु हुनेछ ।

यसअघि एकदिवसीय संरचनामा सञ्चालन भएको प्रतियोगिताको यस संस्करण भने ट्वान्टी–२० संरचनामा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन् । प्रतियोगितामा कुल १० टिमको सहभागिता छ ।

गत संस्करणझै यस संस्करणमा पनि विजेताले आगामी वर्ष ट्वान्टी–२० संरचनामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro