site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमको ‘मुख्यमन्त्री बन्दै’ नागरिक उन्मुक्तिका कैलाश चौधरी
कैलाश चौधरी । फाइल तस्बिर ।

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार बनाइने निश्चितजस्तै भएको छ । शुक्रबार (भोलि) बनाइने नयाँ सरकारको नेतृत्व मुख्यमन्त्रीका रूपमा कैलाश चौधरीले गर्ने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठले बताइन् ।

त्यसबाहेक नागरिक उन्मुक्तिले थप एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको उनले जानकारी दिइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहितको बुधबार बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिने सहमति भएको उनले बताइन् ।

Dabur Nepal
NIC Asia

त्यसलगत्तै नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा चौधरीका नाममा निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । “नयाँ वर्षमा सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिको नेतृत्वमा नयाँ सरकार बन्छ,” उनले बाह्रखरीसँग भनिन्, “भोलि  (शुक्रबार) कैलाशजी मुख्यमन्त्री बन्दै हुनुहुन्छ । नागरिक उन्मुक्तिको नयाँ सरकार बन्ने खुसीमा सामेल हुन म पनि सुदूरपश्चिम पुग्दै छु ।”

पार्टीमा केही समय देखिएको मतभेद पनि टुंगिसकेको उनको भनाइ छ । “सुदूरपश्चिमका हाम्रा प्रदेश सांसदहरू सबै एकै ठाउँ बसेर पार्टी एक ढिक्का भएको सन्देश दिइसक्नुभएको छ । म भने हिजो (बुधबार)को बैठकमा सहभागी हुन पाइनँ,” उनले भनिन्, “नयाँ वर्षमा (यो पक्ष, ऊ पक्ष भन्ने छैन) सिंगो नागरिक उन्मुक्ति पार्टी परिवारमा खुसी छाउनेछ ।”

नागरिक उन्मुक्तिले राज्यमन्त्रीसहित पाउने अर्को मन्त्रालयका विषयमा भने टुंगो लागिनसकेको उनले बताइन् । “हामीले त भौतिक मन्त्रालय भनेका छौँ, हेरौँ, त्यही हुन्छ हुँदैन,” श्रेष्ठले भनिन् ।

सो पार्टीका नेता राजेश अधिकारीले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकबाट नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको उमेदवार तय गर्न आग्रह गरिएको जानकारी दिए । त्यसपछिको बैठकमा नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा चौधरीको नाम समेत प्रस्ताव गरिसकेको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro