site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश, खगराज आजैदेखि कामचलाऊ मुख्यमन्त्री

काठमाडौं । काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका खगराज अधिकारी चार दिनमै कामचलाऊ भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजालसले गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिटमा अन्तरिम आदेश जारी गरिदिएको हो । 

अन्तरिम आदेशमा मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने प्रकृतिका निर्णय नगर्न/नगराउन भनिएको छ ।

Dabur Nepal
NIC Asia

सर्वोच्चको अन्तरिम आदेशले प्रथम दृष्टिमै नियुक्ति त्रुटिपूर्ण भन्दै सरकार विहीनताको  अवस्था आउन नदिन मात्र अधिकारीलाई कामचलाऊ भूमिका तोकेको छ । सर्वोच्चले प्रदेश प्रमुखबाट पनि त्रुटि भएको अवस्थाबारे अन्तरिम आदेशमा बोलेको छ ।

“प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेशबाट मिति २०८०/१२/२१ मा प्रकाशित विज्ञप्तिबाट साविक मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिनु भएको कारण नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८०/१२/ २७ गते मंलगबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेस गर्न माननीय प्रदेश प्रमुखले आह्वान गर्नु भएको भन्ने देखिएकोमा सो अवधिसम्म नपर्खी मिति २०८०/१२/२५ मै नयाँ मुख्यमन्त्री नियुक्ति गरिएको र नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित माननीय कृष्णप्रसाद धिताल सभामुख पदमा निर्वाचित भई दलसँग आवद्धता त्याग गरेको र नेपालको संविधानको धारा १८६ को अवस्थामा मात्र निर्णायक मत दिन सक्नेमा निजको संख्या समेत गणना गरी मुख्यमन्त्री पदमा गरिएको दाबीको आधारमा प्रत्यर्थी खगराज अधिकारीलाई नियुक्त गरिएको भन्ने संवैधानिक व्याख्याको प्रश्न, संसदीय अभ्यास, यस अदालतबाट स्थापित सिद्धान्त लगायत विषयमा निरुपण हुन आवश्यक देखिएको...,” आदेशको संक्षिप्त पाठमा भनिएको छ । 

रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, महादेव यादव, पूर्णमान शाक्य, गोपाल कृष्ण घिमिरे, सीताराम केसी, प्रेमबहादुर खड्का, विजयप्रसाद मिश्र, यदुनाथ खनाल, दिनेश त्रिपाठीले बहस गरेका थिए । यस्तै अधिवक्ताहरू डा शिवकुमार यादव, भुमिश्वर शर्मा गौतम, खम्वबहादुर खाती, ज्ञानेन्द्रराज आरण, तुलसीराम पोखरेल, जनकसिंह साउद, रुपेश खनाल, चिरिञ्जीवी शर्मा, मनिषा बस्नेत र श्री सम्झना केसीले बहस गरेका सिए । मुख्यमन्त्री खगराज अधिकारीको तर्फबाट सरोकार रहेको भन्दै वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रवि नारायण खनाल, रमणकुमार श्रेष्ठ, रमेश प्रधान, श्रीकान्त बराल, टिकाराम भट्टराई र ईश्वरी भट्टराई तथा अधिवक्ताहरु खगराज आचार्य, केदारप्रसाद कोइराला, शान्तिदेवी खनाल, श्रृजना सुवेदी, गुरुभक्त निरौला, मुकुन्द अधिकारी, विदुरप्रसाद ढुंगाना, राजाराम घिमिरे र योगराज आचार्यले प्रारम्भिक सुनुवाइमै बहस गरेका थिए । सर्वोच्चले आगामी वैशाख ७ गते दिउँसो ३ बजेभित्र नियुक्तिसम्बन्धी सक्कल कागज पेस गर्न पनि आदेश जारी गरेको छ ।

“यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषण समेतको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सो खुलाई गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत मिति २०८१/०१/०७ गते शुक्रबार बेलुकी ३ बजेभित्र मिति २०८०/१२/२५ मा गण्डकी प्रदेश प्रमुखबाट माननीय खगराज अधिकारी, प्रदेशसभा सदस्य, गण्डकी प्रदेशलाई नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा गरिएको नियुक्तिसहित तत्सम्बन्धी कागजात समेत सक्कलै फाइल साथै राखी लिखित जवाफ पेस गर्नुहोला भनी यो आदेश र रिट निवेदन पत्रको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरूका नाउँमा म्याद सूचना जारी गरी तामेल गर्नु गराउनू,” सर्वोच्चको आदेशमा भनिएको छ ।

gandaki-adesh1-1712751221.jpg

gandaki2-1712751685.png
 

gandaki-adesh12-1712751221.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro