site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्णालीको मुख्यमन्त्रीमा कँडेल नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

केन्द्रमा भएको सहमति अनुसार यसअघिका मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले पदबाट राजीनामा दिएका थिए । कँडेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरिएको छ । उनलाई एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी)का सांसदले समर्थन गरेका छन् ।

उनको शपथग्रहण बुधबार (भोलि) दिउँसो ३ बजेका निम्ति तय गरिएको एमालेका प्रदेशसभा सदस्य बलबहादुर हमालले जानकारी दिए ।

qewfadg-1712666778.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro