site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टियागो ईभीमा एक लाखले मूल्य वृद्धि

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको सुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो सोको अवसरमा कम्पनीले टियागो ईभीे नेपाली बजारमा आकर्षक मूल्यमा सार्वजनिक गरेको थियो ।

टियागो ईभी नेपालको विद्युतीय चारपाँङ्ग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक भएको कम्पनीको दाबी छ ।

हालसम्म यस गाडीका १,५०० भन्दा बढी सन्तुष्ट  ग्राहक रहेको र यो संख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ । यस गाडीको खरिदमा सीमित अवधिका लागि राखिएको मूल्य, ग्राहकहरूले दर्शाएको रुचि र मागको कारण मार्चसम्म लम्बाइएको थियो ।

कम्पनीका अनुसार २०२४ अप्रिलको ५ तारिकदेखि टियागो ईभीको सुरुवाती मूल्यको अवधि सकिएको छ । यसका साथै नेपालमा उपलब्ध टियागो ईभीको सबै मोडलहरूमा एक लाखले मूल्य वृद्धि भएको छ ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीका पाँचवटा प्रमुख विशेषताहरू कार्य कुशलता, प्रविधि, विश्वसनीयता, चार्जिङ र आरामदायिता रहेका कम्पनीले उल्लेख गरको छ ।

यस्तै, अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरू यसमा रहेका छन् ।

प्रतिबद्धतास्वरूप सिप्रदीले देशकै सबैभन्दा बृहत् ईभी चार्जिङ एवं ग्राहक सेवा सञ्जाल निर्माण गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro