site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जब खगराज अधिकारी र सुरेन्द्रराज पाण्डेको जम्का भेट भयो...

पोखरा । पोखरामा आइतबार अनेक राजनीतिक घटनाक्रम भए । एउटा मुख्यमन्त्रीको पद गयो, अर्का मुख्यमन्त्री नियुक्त भए ।

गण्डकीको यो राजनीतिक घटनाक्रम चर्चाको विषय बनेको छ । आइतबार बिहानसम्म मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डे प्रतिपक्षमा पुगेका छन् ।

एमाले–माओवादी गठबन्धनबाट सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा खगराज अधिकारीले दाबी गरे । त्यो थाहा पाउनासाथ नेपाली कांग्रेस उनको दाबी असंवैधानिक रहेको बताउँदै असहमतिको पत्र लिएर प्रदेश प्रमुख डिल्लिराज भट्टसमक्ष पुगे ।

पत्र दर्ता गराएपछि परिचय गरेर प्रदेश प्रमुखले उनीहरूलाई फिर्ता पठाए । त्यसको केहीबेरमा भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरे । त्यसविरुद्ध कांग्रेसले सर्वोच्च अदालत जाने चेतावनी दियो ।

मुख्यमन्त्री कार्यालयबाट पाण्डे बाहिरिए, अधिकारीले पदभार ग्रहण गरे ।

आफूले पनि मुख्यमन्त्रीमा दाबी गर्ने तयारी पाण्डेको थियो । सरकार गठनका लागि प्रदेश प्रमुखले २७ गते दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।

तर, कांग्रेसले सरकारमा दाबी गर्न नपाउँदै एमाले–माओवादी गठबन्धनका अधिकारीलाई भट्टले मुख्यमन्त्री नियुक्त गरिदिए ।

अचानक मुख्यमन्त्री खोसिएको झोक र नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्चमा रिट हाल्न काठमाडौं जान भनेर पाण्डेले आइतबार साँझको टिकट लिए ।

यता, मुख्यमन्त्री नियुक्त भएर पदभार ग्रहण गरिसकेपछिको राजनीतिक अवस्थाको ब्रिफिङ गर्न मुख्यमन्त्री खगराज अधिकारी पनि काठमाडौं जाने तय भयो । उनले पनि आइतबार साँझको टिकट लिए ।

संयोगवश विमानस्थलमा वर्तमान र निवर्तमान मुख्यमन्त्रीको भेट भीआईपी कक्षमा भयो । दुवैले एउटै जहाजको टिकट लिएका रहेछन् ।

भिन्न परिस्थिति तर एउटै विषयले काठमाडौं हिँडेका पाण्डेले विमानस्थलमा भेटिएका मुख्यमन्त्री अधिकारीलाई जन्मदिनको शुभकामना दिइ । आजै मुख्यमन्त्री नियुक्त भएका अधिकारीको जन्मदिन पनि आज नै हो ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २१:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro