site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबै भ्रष्ट नेतालाई जेल हाले मात्र देश बन्छ : भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै भ्रष्ट नेतालाई जेल हाले मात्र देश बन्ने बताएका छन् । शनिबार बुटवलमा होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै उनले मुलुकको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गरे ।

ठूला दलका शीर्ष नेताहरूले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रिएको उनले बताए । अपवादबाहेक अधिकांश नेताहरू देश बनाउन नभई आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायी समस्यामा परेका उनले टिप्पणी गरे । जनप्रतिनिधिलाई तलब खुवाउन सवारीसाधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको उनको भनाइ थियो ।

उनले न्यायालय पनि ठूला व्यापारी थुनामा पर्दा उनीहरूकै प्रभावमा पर्ने गरेको बताए ।

चर्को कर र बैंक ब्याजदरका कारण नेपालको कृषि र अरू व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको धारणा उनले व्यक्त गरे ।

देश बनाउन अब आउने निर्वाचनमा भ्रष्ट नेताहरूलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्नेमा उनले जोड दिए ।

नेता भण्डारीले नेपालमा सांसद र मन्त्रीको संख्या अत्यधिक धेरै भएकाले राजस्वले तलब खुवाउन पनि नपुग्ने अवस्था रहेको बताए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro