site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी दबाबपछि गाजा प्रवेशका लागि चार मार्ग खोल्ने इजरायली घोषणा

जेरुसेलम । संयुक्त राज्य अमेरिकाले गाजा युद्धलाई लिएर आफ्नो नीतिमा तीव्र परिवर्तन आउनसक्ने चेतावनी दिएको केही घण्टापछि इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको ३० मिनेटको टेलिफोन वार्तामा इजरायलप्रतिको अमेरिकी नीति गाजामा रहेका नागरिक र सहायताकर्मीको सुरक्षामा निर्भर रहेको बताएका थिए ।  

त्यसको केही घण्टापछि नै बिहीबार मध्यरातमा नै इजरायलले अवरुद्ध गाजामा थप सहायता मार्ग खोल्ने घोषणा गरेको छ ।नेतन्याहूको कार्यालयले भनेको छ, “इजरायलको युद्ध क्याबिनेटले अश्दोद बन्दरगाह र एरेजमार्फत सहायता वितरण गर्न अस्थायी अनुमति दिएको छ ।

ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको आग्रहमा लिइएको उक्त कदमको स्वागत गरेको छ र यसलाई ‘अब पूर्ण र द्रुत रूपमा कार्यान्वयन गरिनुपर्छ’ भनेको छ ।

इजरायलले हमासविरुद्ध ६ महिनादेखि जारी युद्धका कारण भएको क्षतिलाई लिएर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ र इजरायलको मुख्य समर्थक वासिङ्टनले कडा आलोचना खेप्नुपरेको छ ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक अभियानले कम्तीमा ३३ हजार ३७ जनाको ज्यान लिइसकेको छ । अक्सफामका अनुसार उत्तरी गाजाका प्यालेस्टिनीहरूले जनवरीदेखि दैनिक औसत २४५ क्यालोरीमा मात्र बाँच्नुपरेको छ ।

इजरायलले पटक–पटक सहायता कटौती गरेको र सहायता समूहलाई निशाना बनाएको आरोप परोपकारी संस्थाहरूले लगाउँदै आएका छन् ।  यस हप्ता इजरायलले गाजामा खाद्यान्न वितरण गरिरहेका सात जना मानवीय कार्यकर्ताहरूको ज्यान लिने गरी गरेको आक्रमणले भोकमरी रोक्ने प्रयास र इजरायली दमनलाई उजागर गरेको छ । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro