site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपत्यकाबाट चोरी हुन्छन् महिनामा १४८ मोटरसाइकल, कति भेटिन्छन् ?
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । केही दिनअघि काठमाडौंको जडीबुटीबाट ओखलढुंगाका संजोक तोलांगीको मोटरसाइकल चोरी भयो । उनले तत्काल ट्राफिक प्रहरी कार्यालयको हटलाइन नम्बर १०३ मा फोन गरेर उजुरी गरे ।

ट्राफिक प्रहरीले उजुरीमाथि अनुसन्धान गर्दै जाँदा काठमाडौं पेप्सिकोलामा उनको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याएर उनको मोटरसाइकल तीन दिनअघिमात्रै उनलाई हस्तान्तरण गरेको छ ।

त्यसैगरी ललितपुर सातदोबाटोबाट मिनु घोषको मोटरसाइकल पनि त्यसैगरी चोरी भयो । उनले ट्राफिक प्रहरीमा उजुरी दिइन् । खोजी तथा अनुसन्धान गर्दैजाँदा ललितपुर चापागाउँमा मोटरसाइकल फेला पर्‍यो ।

उनलाई पनि ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया सोमबार सवारी धनीलाई बुझाएको छ । टोलांगी र घोषजस्तै धेरै मोटरसाइकल चोरी भएको भन्दै दैनिक ट्राफिक प्रहरीमा उजुरी पर्ने गर्छ ।

यसरी हुने चोरी रोकथाम गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सक्रियता बढाएको छ । पछिल्लो समय चैत १३ गते मात्र उक्त कार्यालयले फेला पारेका २० वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

महिनामा कति हुन्छ चोरी ?

उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म काठमाडौं उपत्यकाबाट एक हजार ८४७ वटा मोटरसाइकल चोरी भएको उजुरी परेको छ ।

त्यसरी हराएकामध्ये ट्राफिक प्रहरीले हालसम्म ३७४ वटा मोटरसाइकल फेला पारेको छ ।  

फेला परेका मोटरसाइकलमध्ये २९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी जीवनककुमार श्रेष्ठले जानकारी दिए । बाँकी २४ वटा मोटरसाइकललाई कारबाहीका लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ ।

बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही गरेको छ ।

यसैगरी आर्थिक वर्ष २०७९/०८० मा एकहजार ८५० वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ५५१ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई ४९९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो ।

सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा एकहजार ६०४ वटा मोटरसाइकल चोरी भएका थिए ।

तीमध्ये ५०६ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई ४३४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो ।

मोटरसाइकल चोरी नियन्त्रण गर्ने क्रममा मोटरसाइकल बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानुनी कारबाहीमा ल्याउने काम प्रहरीले तीव्र पारेको छ । तीन आर्थिक वर्षमा कुल पाँचहजार ३०१ मोटरसाइकल हराएका छन् ।

औसतमा महिनामा १४८ मोटरसाइकल चोरी हुने गरेको छ । हराएका मोटरसाइकल खोजीका लागि ट्राफिक प्रहरीले ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरेर काम थालेको एसएसपी श्रेष्ठको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro