site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वाइडबडी विमान खरिदमा ‘भ्रष्टाचार’, यी हुन् प्रतिवादी (सूचीसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै विभिन्न व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका विदेशी नागरिकसहित २४ नेपाली छन् । उनीहरूले एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं हुल्ला क्षेत्र नम्बर–१ (२) बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य (पूर्वमुख्यमन्त्री) जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, निगमका तत्कालीन सचिव एवं निगमको सञ्चालक समितिको अध्यक्ष पदमा कार्यरत रही हाल सेवानिवृत्त शंकरप्रसाद अधिकारीलगायत व्यक्तिलाई प्रतिवादी बनाएको छ ।

यस्तै, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं निगमको सञ्चालक समितिको सदस्य पदमा कार्यरत रही हाल सेवानिवृत्त शिशिरकुमार ढुंगाना, निगमको तत्कालीन सञ्चालक समिति सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बहालवाला सहसचिव बुद्धिसागर लामिछाने, निगमको तत्कालीन सञ्चालक समिति सदस्यहरू टेकनाथ आचार्य, निमानुरु शेर्पालाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले प्रतिवादी बनाइएकामा निगमको तत्कालीन सञ्चालक समिति सदस्य मुक्तिराम पाण्डे, निगमको तत्कालीन सञ्चालक समिति सदस्य एवं हाल नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्यमा कार्यरत अच्युतराज पहाडी, निगमको तत्कालीन सञ्चालक समिति सदस्य एवं सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला, निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, निगमका तत्कालीन नायब महाप्रबन्धक गणेशबहादुर चन्द, निगमका तत्कालीन निर्देशक कर्णबहादुर थापा, निगमका तत्कालीन निमित्त निर्देशक एवं हाल निगमकै वरिष्ठ क्याप्टेन सुवास रिजाल, निगमका तत्कालीन निर्देशक प्रभाशकुमार कर्माचार्य समेत छन् ।

यसैगरी, निगमका तत्कालीन निर्देशक एवं हाल नायब महाप्रबन्धक जनकराज कालाखेती, निगमका तत्कालीन निर्देशक रामहरि शर्मा सेढाईं, निगमका तत्कालीन निमित्त निर्देशक एवं हाल निगमकै वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, निगमका तत्कालीन कामु निर्देशक रवीन्द्र श्रेष्ठ, निगमका तत्कालीन कामु निर्देशक एवं हालका निर्देशक उपेन्द्र पौडेल, निगमका तत्कालीन निमित्त निर्देशक एवं हालका निर्देशक वरिष्ठ क्याप्टेन श्रवण रिजाल, निगमका तत्कालीन उपनिर्देशक पारस पौडेल, निगमका तत्कालीन निमित्त उपनिर्देशक एवं हालका निर्देशक उमेश पौडेल, निगमका तत्कालीन निमित्त उपनिर्देशक एवं हालका उपनिर्देशक बृहतमान तुलाधरलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले उनीहरूबाहेक विदेशी कम्पनी र व्यक्तिहरूलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । विदेशीहरूमा अमेरिकाको एएआर इन्टरनेसनल इन्कका तत्कालीन अध्यक्ष दीपक शर्मा, जर्मन एभिएसन क्यापिटलका तत्कालीन प्रतिनिधि एवं जर्मन नागरिक क्रिस्टियन नुयलेन, जर्मन एभियसन क्यापिटलका तत्कालीन फाइनान्स डाइरेक्टर ओलेज क्यालिस्ट्रु, एम/एस एएआर इन्टरनेसनलका अध्यक्ष जोन एम होल्म्स, जर्मन एभिएसन क्यापिटलका मुख्य व्यक्ति अना टोपा, हाइफाई ट्रान्सपोर्टका मुख्य व्यक्ति पाओलो मिरपुरी, हाइफाई एक्स आयरल्यान्ड लिमिटेडका निर्देशक जेराल्ड थर्नटोन, हाइफाई एक्सकै नर्टन रोज, सोही कम्पनीका मार्कस र्‍याडब्रच र राल्फ स्प्रिङ्गरलाई प्रतिवादी बनाएको छ ।

अख्तियारले आपूर्तिकर्ता कम्पनीहरू एएआर इन्टरनेसनल इन्क, जर्मन एभिएसन क्यापिटल, हाइफाई ट्रान्सपोर्ट एरेओस् र हाइफाई एक्स आयरल्यान्ड लिमिटेडलाई प्रतिवादी बनाएको छ । उनीहरू सबैविरुद्ध जनही एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro