site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अमेरिकामा कराते खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं । संयुक्त राज्य अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् । 

यूएस ओपन च्याम्पियनसिपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १०औँ साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले एक हजार ५०० डलरसहित बिहीबार सम्मान गरेको हो । सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो । एरिकाले १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

Dabur Nepal
NIC Asia

गत २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूहमा स्वर्ण र ६८ केजी तौल समूहमा रजत पदक हात पारेकी थिइन् ।

यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । जुलाईमा भुटानमा हुने आठौँ साउथ एसियन कराते च्याम्पियनसिप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ । उनका अनुसार अमेरिका गएको कराते टोली अप्रिल ९ मा काठमाडौं फर्किने छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro