site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
श्रेष्ठ प्रिया ‘पत्थर’को ‘अग्नि उद्दीप्त’ लोकार्पित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तकसंग्रह ‘अग्नि उद्दीप्त’ एक समारोहकाबीच लोकार्पण गरिएको छ ।

आवरण प्रकाशनको आयोजनामा बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आख्यानकार माया ठकुरीलगायतले कृति लोकार्पण गरे । यसअघि उपन्यास, कविताकृति, गजलसंग्रह, कथासंग्रह, संस्मरण, समीक्षालगायत १७ कृति प्रकाशनमा ल्याइसकेकी ‘पत्थर’को यो १८औँ कृति र पहिलो मुक्तकसंग्रह हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रमका कथाकार माया ठकुरीले साहित्यकार प्रियाका मनका भावहरू यस कृतिभित्रका मुक्तकहरूमा स्पष्ट देखिने उल्लेख गरिन् । 

साहित्यकार उषा शेरचनले सुदूरपश्चिममा टड्कारो देखिने साहित्यिक अनुहार श्रेष्ठको भएको उल्लेख गर्दै उनको साहित्यिक क्रियाशीलताको चर्चा गरिन् ।

Global Ime bank

धनगढी बसेर निरन्तर साहित्यिक सिर्जनामा लागिरहने श्रेष्ठ प्रिया ‘पत्थर’ले आफूलाई काठमाडौंले सधैँ माया गरेको बताइन् । 

सार्वजनिक कृतिमाथि डा. नारायण गैरे र ज्ञानु अधिकारीले समीक्षात्मक टिप्पणी गरे । उक्तअवसरमा साहित्यकारहरू ललिजन रावल, रामकाजी कोने, रमेश पौडेल, डा. रेणुका सोलु र कृतिकार श्रेष्ठ प्रिया ‘पत्थर’ले आफ्नो मन्तव्य राखे ।

कार्यक्रममा जुनु घिमिरे, नमराज घिमिरे शिखर, पार्वती भट्ट र सन्तोष अम्गाईले कृतिभित्रका मुक्तकहरू वाचन गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !