site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक सहायता प्रतिबद्धता ३४.७३ प्रतिशतले घट्यो, आठ महिनामा ८९ अर्ब ४९ करोड प्राप्त 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठ महिनामा नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिबद्धतामा ३४.७३ प्रतिशतले गिरावट आएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०८० साउनदेखि माघ मसान्तसम्मको आठ महिनामा नेपालले ८९ अर्ब ४९ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपालले एक खर्ब ३७ अर्ब १२ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा प्राप्त कुल वैदेशिक सहायता प्रतिबद्धतामा ३२.२ प्रतिशत अनुदान सहायता र ६७.८ प्रतिशत ऋण सहायता रहेको छ ।  कुल सहायता प्रतिबद्धतामध्ये एसियाली विकास बैंक, विश्व बैंक र युरोपियन युनियनको सहायता क्रमशः ५३.२ प्रतिशत, १८.३ प्रतिशत र ११.९ प्रतिशत रहेको छ । 

Global Ime bank

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको माघसम्म प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा २४ प्रतिशत बजेटरी सहायता, २३ प्रतिशत सहरी विकास, १९ प्रतिशत स्वास्थ्य, १७ प्रतिशत ग्रामीण विकास, ९ प्रतिशत शिक्षा, चार प्रतिशत वातावरण, तीन प्रतिशत कृषि र एक प्रतिशत सामाजिक क्षेत्रमा रहेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu