site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते हुने भएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले निर्वाचनको मितिबारे जानकारी गराएका हुन् ।

उनले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम निर्वाचन हुने बताए । नियमावली बमोजिम उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम प्रकाशन गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिए ।

राष्ट्रियसभाको अर्को बैठक चैत २८ गते १ः१५ बजे बस्ने तय भएको छ । उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो । सत्ता गठबन्धनको भागबण्डाअनुसार दाहाल माओवादीको कोटाबाट अध्यक्ष बनेका थिए । अर्को दललाई उपाध्यक्ष दिन अर्यालले राजीनामा दिएकी हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro