site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । सरकारले स्वीटजरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो । 

नेपाल–स्वीटजरल्यान्ड परामर्श संयन्त्रको मंगलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरेका जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा नेपाल–स्वीटजरल्यान्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो । 

दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्वीटजरल्याण्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको उक्त दूतावासले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्