site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको लगातार दोस्रो जित, बरोडाविरुद्ध २७ रनले विजयी
SkywellSkywell

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’ त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले बरोडा क्रिकेट एसोसियसनविरुद्ध २७ रनको सहज जित निकालेको छ । शृंखलामा यो नेपालको लगातार दोस्रो जित हो ।

मंगलबार भारतको वापीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बरोडाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो ।

बरोडाका भानु पानियाले ३८ रन बनाए पनि हार टार्न सकेनन् । बाबा खानले २७, विष्णु सोलान्कीले २५ र अमित पासीले १४ रन बनाए ।

KFC Island Ad
NIC Asia

नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र अभिनाश बोहराले समान दुई विकेट लिँदा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो ।

नेपालका कुशल मल्लले अविजित २५ बलमा ४० रन बनाए । सन्दीप जोराले १६ बलमा २९ रन थपे । ८२–५ को अवस्थाबाट यी दुईले छैटौँ विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएका हुन् ।

यसबाहेक, अनिलकुमार साहले २५, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन थपे । ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेख भने समान नौ रनमा आउट भएका थिए ।

बरोडाका बाबा खनाले दुई विकेट लिए । मोहित मोगिन्या र परिक्षित पटिदरले समान एक विकेट लिए ।

एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति हाल भारतमा रहेको नेपालले त्यहाँ बरोडा र गुजरातसँग त्रिकोणात्मक शृंखला खेल्ने तालिका छ । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro