काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरूको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य गरेका छन् ।
क्यापिटलद्धारा सञ्चालित खुलामुखी योजना– एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको बैंकले वितरण एजेन्टको रूपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैंकको शाखा सञ्जालहरूको अधिकतम उपयोग गरी लगानीका अवसरहरूको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताहरूको फन्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ ।
हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमशः देशभरका शाखा कार्यालयमार्फत प्रदान गरिनेछ ।