site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाको व्यवस्था गरौँ : सांसद खतिवडा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राजनीतिक स्थिरताका लागि समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा हुनुपर्ने बताएका हुन् । उनले देशमा समानुपातिक निर्वाचन प्रणाली भएसम्म कुनै राजनीतिक दलको बहुमत नआउने र सरकार समेत अस्थिर हुने गरेको  बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले २४० वटा निर्वाचन क्षेत्र मात्रै राखेर प्रत्यक्ष निर्वाचित सांसद बनाउनुपर्ने बताए । उनले प्रदेशमा पनि समानुपातिक राख्नु नहुने र राष्ट्रियसभा भने समानुपातिक बनाउनुपर्ने बताए ।

उनले भने, "संविधानमा समानुपातिक पद्धती राखेका छौँ । यो आवश्यक पनि हो । जुन जात, वर्ग, धर्म, सम्प्रदाय छुट्यो त्यसलाई ल्याउनुपनि पर्छ । तर प्रतिनिधिसभामा जुन बेलासम्म समानुपातिक पद्धति राख्छौँ । तबसम्म कुनै दलको बहुमत आउने लक्षण देखिएन । हाम्रो प्रस्ताव व्यक्तिगत रूपमा के छ भने अहिले ठुला पार्टीहरू सहमत हौँ । संविधान संशोधन गरौँ । प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाको व्यवस्था गरौँ । कतिपय ठाउँहरूमा दलितको, महिलाको फाल्टै सिट छ भने त्यो पनि गरौँ । २४० वटै निर्वाचन क्षेत्र गरौँ । प्रदेशमा समानुपातिक नराखौँ । संघमा राष्ट्रियसभामा समानुपातिक राखौँ ।" 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय