site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै निर्वाचनको यस किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । 

उनले नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गरे । नेपाली राजनीतिक कर्मीहरूको आचरण सही नभएको ठहर गर्दै नराम्रो मानिस कार्यकारी भएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने जिकिर गरे । अहिलेको अवस्थामा संविधान सबै काम गर्नका लागि बाधक नभइ सहयोगी रहेको जिकिर गरे । 

उनले भने, "हाम्रो चुनावको प्रणालीमा मुख्य समस्या छ । अहिले अघि बढ्नका लागि यो संविधान सहयोगी छ, बाधक छैन । आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्छ । कानुन निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ । त्यसपछि आवश्यकता परे कुन संविधानको कुन धारा हो जस्तो संघीय प्रणाली, स्थानीय निकायहरूसँगका कुराहरू पनि । यी सबै कुराको बारेमा बहस र छलफल गर्न सकिन्छ ।"

अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपालमा समाजवादको विकल्प नरहेको जिकिर गरे ।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro