site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘द रेड सुटकेस’को ट्रेलर भन्छ– विदेशबाट युवा बाकसमा फर्किनुको मुख्य दोषी सरकार  

काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आज एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरले वैदेशिक रोजगारीको प्रभाव देखाउने प्रयास गरेको छ ।

वैदेशिक रोजगारीको नकारामक प्रभावबारे सिनेमाले बताउने ट्रेलरले संकेत गरे पनि सस्पेन्स छोडेको छ । 

वैदेशिक रोजगारीमा गएर बासकमा फर्किने नेपाली युवाको कथा सिनेमाले देखाउने संकेत ट्रेलरबाट बुझ्न सकिन्छ । र, यसको जिम्मेवार सरकार रहेको संवादमा उल्लेख छ । 

Dabur Nepal
NIC Asia

ट्रेलरमा चलचित्रका मुख्य पात्रहरू अटाएका छन् । 

अघिल्लो साता सार्वजनिक टिजरमा भने मुख्य पात्र लुकाइएको थियो । टिजरमा संवाद पनि थिएन । सिनेमाका एक पात्रलाई देखाएर कलर र साउन्डको संयोजन गर्दै कथा भन्ने प्रयास गरिएको थियो । 

भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएर तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन पाएको ‘द रेड सुटकेस’मा विपीन कार्की, सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । 

फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात, विपीन र सृष्टिसँगै प्रवीण खतिवडा मुख्य भूमिकामा छन् । 

रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा निर्माता रहेको चलचित्र चैत ३० गते रिलिज हुँदै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro