खेल
काठमाडौं । विद्यालय तहदेखि ब्याडमिन्टनको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल ब्याडमिन्टन संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच सोमबा र त्रिपक्षीय सम्झौता भएको छ ।
विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि ब्याडमिन्टनको विकास र प्रवर्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गरी अगाडि बढ्ने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० २२:२८
प्रतिक्रिया दिनुहोस्