site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद परियारको प्रश्न– पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जीवन परियारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ? भन्दै प्रश्न गरेका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल एयरलाइन्सको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न कसले रोक्यो भन्दै प्रश्न गरे । “प्रधानमन्त्रीज्यूले उद्घाटन गर्नु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कहिलेदेखि हुन्छ ? नेपाल एयरलाइन्सको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न कसले रोक्यो ?,” परियारको प्रश्न थियो । 

Dabur Nepal
NIC Asia

उनले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेपछि पूर्वाधार विकासको लागि संघीय सरकारले विशेष पहल गरिदिन माग गरे । 

साथै, उनले पृथ्वी राजमार्गमा चार लेनको काम भइरहेको भन्दै यसलाई चाडो सम्पन्न गर्न र पोखरामा सुविधा सम्पन्न बसपार्क अति आवश्यक भएकाले निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । “फेवाताल, बेगनासताल, रूपाताललगायत दिपांग, मैदी, खास्टे, न्यूरिनी र गुदे तालको संरक्षणसम्बन्धी गुरुयोजना निर्माण गरियोस् । सातताल लिंकरोड अलपत्र छ । त्यसको निरन्तरता दिइयोस्,” उनले भने । 

सांसद परियारले त्यसैगरी पोखरामा अन्तर्राष्ट्रिय सभाहल बनाउने कार्य समयमानै सम्पन्न गर्न तथा खेलकुदका पूर्वाधार निर्माणमा समेत जोड दिए । “कास्की जिल्ला क्षेत्र नं १ को मध्यपहाडी राजमार्गसँग जोडिएको राखि मिजुरे सडक खण्डको गहते बेंसी–गहते–मिजुरे–पोसी खण्ड कालोपत्रे गर्न भौतिक पुर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,” उनले बैठकमा भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro