site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिरियाको अलेप्पोमा इजरायली हवाई आक्रमण : ३६ सैनिक मारिए

काठमाडौं । सिरियाको उत्तरी सहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी शुक्रबार बिहानैदेखि भएको इजरायली हवाई आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु भएको छ । 

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिव तीन घण्टा चलेको आक्रमणमा इजरायली हवाई आक्रमणका कारण सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको बताएको छ । 

सफिरा क्षेत्रमा रहेको डिफेन्स फ्याक्ट्रीहरूलाई पनि निशाना बनाइएको थियो । सिरियाली रक्षा मन्त्रालयको विज्ञप्तिमा स्थानीय समय अनुसार शुक्रबार सवा २ बजे इजरायली सेनाले अलेप्पोको दक्षिणपूर्वमा रहेको एथ्रियाको दिशाबाट हवाई आक्रमण सुरु गरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्