site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले दिएको जानकारीअनुसार संघमा रहेको गठबन्धनलाई निरन्तरता दिने भएपछि प्रदेशमा पनि त्यहीँ अनुरुप पार्टी अघि बढ्ने छ । 

“संघको निरन्तरता प्रदेशमा हुन्छ । सुदूरपश्चिम प्रदेश सरकारमा पनि त्यही हुन्छ,” उनले भनिन् । पार्टीको आज टीकापुरमा अध्यक्ष श्रेष्ठको नेतृत्वमा बैठक बसेको थियो । बैठकले सो निर्णय गरेको उनले जानकारी दिइन् । सुदूरपश्चिममा कमलबहादुर शाह नेतृत्वको कांग्रेसको सरकार छ । 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro