site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चोर पक्राउका लागि काठमाडौं प्रहरीमा महानगर प्रहरीको उजुरी 

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले चोर पक्राउका लागि काठमाडौं प्रहरीमा उजुरी दिएका छन् । महानगरपालिकाले सूचनाका लागि राखेको बोर्ड नै चोरी भएपछि पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् ।

पाण्डेका अनुसार कंलकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएपछि कार्यालयमा जनगुनासो आएको थियो । जनगुनासो व्यवस्थापन गर्न तथा चक्रपथ सुधार आयोजना अस्तव्यस्त भएबाट महानगरवासीलाई पर्न गएको असुविधालाई सम्बोधन गर्ने उद्देश्यले कंलकीदेखि बसुन्धरासम्मका ९ स्थानमा काठमाडौं महानगरपालिकाले जनतालाई सुसूचित गर्न सूचना बोर्ड राखेको थियो ।

तर, ती सूचना बोर्डहरू अहिले राखिएको स्थानमा छैनन् । "...चोरी भएको सम्बन्धमा आवश्यक छानबिन/अनुसन्धान गरी दोषीउपर हदैसम्मको कारबाही गरी दिनुहुनु निर्देशानुसार अनुरोध गरिन्छ,” पाण्डेले उजुरीमा भनेका छन् ।

Mah-1711450576.png
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro