site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड वुल्भ्सविरुद्ध कुशल मल्लले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं । घरेलु मैदानमा जारी ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालका कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्ड वुल्भ्सले १५.१ ओभरमा मोर्गन टोपीङ र सोही ओभरको पाँचौँ बलमा गाभिन होइलाई गुमाएको हो । कुशलले टोपीङलाई आसिफ सेखबाट स्टम्प गराउँदा होइलाई ‘कट एन्ड बोल्ड’ गरे ।

Dabur Nepal
NIC Asia

जारी खेलको १६ ओभर समाप्त हुँदा आयरल्यान्ड वुल्भ्सले ६ विकेट गुमाएर ११० रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रनको योगफल खडा गरेको थियो । शृंखलाको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।

नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro