site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चामा एमालेलाई ल्याउने प्रयास असफल ! 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)लाई समाजवादी मोर्चामा ल्याउने नेताहरूको प्रयास असफल भएको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मोर्चामा पार्टी सहभागी हुने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिए– होइन । 

समाजवादी मोर्चामा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बिहीबार ओलीसँग भेटवार्ता गरेका थिए । विप्लव अहिले मोर्चाका संयोजक समेत हुन् । 

शुक्रबार बिहान बालुवाटारमा बसेको मोर्चाको बैठकमा एमालेलाई सहभागी गराउने विषयमा छलफल भएको थियो । बैठकले ओलीसँग छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो । सोही अनुसार शुक्रबार दिउँसो सिंहदरबामा भएको भेटवार्तामा प्रचण्डले बालुवाटार बैठकको निर्णयबारे ओलीलाई जानकारी गराएका थिए । 

सिंहदरबारबाट निस्कने क्रममा ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । ओलीको यो प्रतिक्रियासँगै एमालेलाई समाजवादी मोर्चामा सहभागी गराउने प्रयास असफल भएको नेताहरू बताउँछन् । 

मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । गएको असार ४ गते मोर्चाको घोषणा भएको थियो । मोर्चा घोषणा हुँदा एमाले प्रतिपक्षमा थियो । माओवादी र एकीकृत समाजवादी तत्कालीन नेपाली कांग्रेससहिको गठबन्धनमा थिए । 

अहिले एमाले सत्तारुढ भएकाले मोर्चामा आबद्ध हुनुपर्ने पक्षमा अरु दल छन् । माओवादीकी उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चा एमाले नआए पनि कायम रहने बताएकी छन् । शुक्रबार नै न्युज एजेन्सीसँगको कुराकानीमा उनले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताइन् । 

समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुन नहुने उनको भनाइ छ । एमाले मोर्चामा नआए पनि आपसी असमझदारी हुन नहुनेमा उनले जोड दिइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro