site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ !

काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल 'पक्राउ परेका' छन् । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मिडियाका अनुसार उनलाई मदिरा घोटाला पक्ररणमा इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी)ले पक्राउ गरेको हो । दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ ।

Dabur Nepal
NIC Asia

तर, आम आदमी पार्टीले भने केजरिवाललाई फसाउन खोजिएको बताउँदै आएको छ ।

भारतीय मिडिया रिपोर्टका अनुसार ईडीले केजरिवाललाई बिहीबार बिहान ११ बजे बोलाएको थियो । तर, उनी ईडीको प्रक्रियाविरुद्ध दिल्ली उच्च अदालत पुगेका थिए । उनले अदालतसमक्ष आफूलाई पक्राउ गर्नबाट रोक्न आग्रह गरेका थिए ।

तर, अदालतले उनलाई अहिलेको अवस्थामा कुनै आदेश दिन नसकिने जवाफ दिएको थियो । त्यसपछि उनलाई ईडीले पक्राउ गरेको हो । उनलाई भोलि नै अदालतमा पेस गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro