site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्यातको प्रमुख आधार सिमेन्टलाई बनाउन आवश्यक : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली सिमेन्ट मुलुकभित्रै अधिकतम प्रयोग गर्ने बाटोमा सरकार अघि बढेको बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नेपालमा उत्पादित सिमेन्ट निर्यातलाई अझै व्यवस्थित गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । 

"राज्यका उद्योगहरू धरासायी हुनुपर्ने कारण थिएन । तर, व्यवस्थापकीय पक्षका बारेमा तपाईं हामी सबैले बुझेका छौँ । यसलाई चलाउनुपर्नेछ । सिमेन्टमा आत्मनिर्भर छ । अहिले यसका अतिरिक्त अरु थुप्रै उद्योगहरूलाई पनि चलाउनुपर्नेछ ।निर्यातको प्रमुख आधार सिमेन्टलाई बनाउनुपर्छ, निजी क्षेत्रले पनि यो नियति भोग्न नपरोस्," मन्त्री भण्डारीले भने । 

उनले गत आर्थिक वर्षको बजेटमा पनि नेपालमा उत्पादित सिमेन्टलाई प्रोत्साहन गर्ने नीति लिइएको बताए । “निर्माण पूर्वाधारमा डिजेल किनेर प्रयोग गर्नुको सट्टा सिमेन्टको प्रयोग बढाउन आवश्यक छ,” मन्त्री भण्डारीले भने, “अहिलेको व्यापार असन्तुलन र आयातमुखी व्यापार घाटाका चाङहरूलाई हटाउनुपर्ने आवश्यकता छ । व्यापार सन्तुलनका लागि सिमेन्ट क्षेत्र आवश्यक छ ।” 

उनले सञ्चालनमा रहेका उद्योगलाई नाफामा ल्याउन र पूर्ण सञ्चालन गर्न आवश्यक रहेको बताए । नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरू मुनाफामा चल्न नसकेको स्वीकार गरे ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro