site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मतीमा आजदेखि एचपीभी खोपको दोस्रो डोज दिइँदै

काठमाडौं । वाग्मती प्रदेशका जिल्लाहरूमा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो डोज दिइँदै छ । गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सुरु गरिएको ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो डोज ६ महिनापछि दिन लागिएको हो ।

जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका बालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकरा प्रसूति तथा स्त्रीरोग अस्पतालबाट दिइनेछ । सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट यो खोप दिइँदै छ । 

कस्तो हो एचपीभी खोप, कति प्रभावकारी ?

एचपीभी एक प्रकारको जीवाणु हो । विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व एचपीभी हो । पाठेघरको मुखको क्यान्सरमध्ये ९५ प्रतिशत एचपीभीले गराउँछ । 

एचपीभीका जीवाणुका २०० बढी प्रजाति हुन्छन् । तीमध्ये १६ र १८ प्रजाति क्यान्सरका प्रमुख कारक हुन् । एचपीभीविरुद्धको खोपले यीनै जीवाणुविरुद्ध काम गर्ने र यस खोपको प्रभावकारिता ९५ प्रतिशतभन्दा बढी रहने परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन् । 

नेपालमा अहिले दिन लागिएको एचपीभी खोप चीनमा उत्पादित सिकोलिन कम्पनीको हो ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro