site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
श्री एयरलाइन्सको जहाजको चक्का फुत्किएको घटनामा दुई इन्जिनियर ग्राउन्डेड
फाइल तस्बिर ।

काठमाडौं । श्री एयरलाइन्सको धनगढी उडानका क्रम गम्भीर लापरबाही भएको भेटिएको छ । नाइन एन एएनएस कल साइनको श्री एयरलाइन्सको फ्लाइट नम्बर २२७ को जहाजको धनगढी एयरपोर्टमा ‘नोज गियर’ (चक्का) फुत्किएको थियो ।

जहाज सोमबार राति करिब ८ बजेतिर धनगढी एयरपोर्टमा अवतरण गरेको थियो । अवतरणलगत्तै जहाज पार्किङ वेमा लगेर यात्रु झारियो ।

Dabur Nepal
NIC Asia

यात्रु झारेपछि पाइलटलाई जहाजमा कुनै खराबी रहेको लागे चेकजाँच गरेका थिए । त्यसपछि जहाज चेक गर्दा एउटा नोज गियर नै नभएको पाइयो । पछि खोज्दै जाँदा ‘नोज गियर’ रनवे र ट्याक्सी वेको टर्निङ पोइन्टको चौरमा फेला परेको थियो ।

त्यसै घटनालाई लिएर नागरिक उड्डयन प्राधिकरणले जहाज उडानभन्दा अगाडि मर्मतमा सहभागी दुईजना इन्जिनियरलाई ग्राउन्डेड गरेको छ ।

साथै, प्राधिकरणले सात दिनभित्र सबै जहाजको रिपोर्ट बुझाउन पनि निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

“श्री एयरलाइन्सको सबै जहाजको डिटेल चेक गरेर एक हप्ताभित्र रिपोर्ट बुझाउन भनेका छौँ । अहिले उडान अगाडि मर्मतमा सहभागी दुई इन्जिनियरलाई ग्राउन्डेड गरेका छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro