site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘नेपाली खेलकुद एकैदिनमा उँधो गतिमा लागेको होइन’ 

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकैदिनमा उँधो गतिमा नपुगेको बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ)को आयोजनामा मंगलबार भएको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणबद्ध रूपमा नेपाली खेलकुद उँधो गतिमा गएको धारणा राखेका हुन् । मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । 

Dabur Nepal
NIC Asia

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ले नवनियुक्त खेलकुदमन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको बताएका छन् । “नेपालीको खेलकुदमा आउनु बजेट धेरै न्यून र अपर्याप्त छ । चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त छैन,” मन्त्री श्रेष्ठले भने । 

देशभित्र राष्ट्रिय एकतामा कमी आइरहेको अवस्थामा त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेको मन्त्री श्रेष्ठले प्रष्ट्याएका छन् । उनले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताएका छन् । ‘खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै छन् । तर, अधिकारको सवालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको छ,” मन्त्री श्रेष्ठले भने । 

मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेल संघबीच ट्य्रान्गुलर आकारमा रहेकाले नेपाली खेलकुदको विकास राम्रोसँग हुन नसकेको औंल्याएका छन् । खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ । 

नेपालका खेल संघहरू हराइरहेको आभास आफूलाई भइरहेको मन्त्री श्रेष्ठ बताउँछन् । संघहरूले आफूलाई नयाँ ढंगले अगाडि बढाउन सके मात्र खेलकुदको विकास सम्भव हुने बताएका छन् । आईओसीको चार्टरभित्र रहे पनि नेपाल ओलम्पिक कमिटी नेपालको कानुनभित्र पनि रहेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले भनाइ थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro