site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ऋण लिएर पैसा बाँड्दैमा समृद्धि हुँदैन : सीके राउत
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपाले अहिले नै समाजवाद धान्नसक्ने÷नसक्नेमा छलफल हुन आवश्यक रहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पुँजीवादी क्रान्ति सफल नभएरै समाजवाद आउन नसक्ने बताए ।

आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का सम्बन्धमा जारी छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

“नेपाली समाजमा त्यो स्तरको अर्थतन्त्र विकास भइसकेको थियो कि थिएन ? नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भइसक्यो त ? पुँजीवादी क्रान्ति सफल नभएर समाजवाद हुनसक्दैन । नेपालमा कहिले पुँजीवाद सफल भयो ?,” सांसद राउतले प्रश्न गरे ।

नेपालले समाजवादसँग बालविवाह गरेको र यसले आमाकै मृत्यु हुनसक्ने टिप्पणी उनले गरे । “कतै नेपालमा बालविवाह समाजवादसँग गराएको त हैन ? कम उमेरमै उहाँलाई आमा बन्न बाध्य गराइएको त हैन ? यस्तो भएमा आमाकै नै मृत्यु हुने अवस्था आउँछ,” उनले भने ।

ऋण लिएर पैसा बाँड्दैमा समृद्धि नहुने उनले बताए । “ऋण लिएर यहाँ पैसा बाँड्र्दैमा समृद्धि हुँदैन । यो आयाममा छलफल हुनैपर्छ । दुई खर्बबाट २४ खर्ब ऋण पुगेको हामीले देखिरहेका छौँ,” उनले भने, “हाम्रो मुलुकले अहिले नै समाजवाद धान्न सक्छ कि सक्दैन ? सक्दैन भने हामी निजी क्षेत्रलाई निषेध किन गरिरहेका छौँ । किन आक्रमण गरिरहेका छौँ ।”

उनले सिंगापुर, जापान, दुबई कतार एवं सोभियत संघ र चीन समेत समाजवादी मोडलले विकसित नभएको बताए । पहिले नेपाल टेलिकमको सीम कार्ड पाउन जटिल रहेको र पछि निजी क्षेत्र प्रतिस्पर्धामा आउँदा सहजै सिम कार्ड पाउन थालेको उनले स्मरण गराए ।

“जुन संस्था राज्यको नियन्त्रणमा छ, त्यो डुबेको अवस्थामा छ । वायुसेवा निगम जहिले घाटामा छ । निजी कम्पनी सधैँ नाफामा छन्,” उनले भने, “राज्यले स्वामित्वमा लिएका सबै कुरा असफल भइरहेका छन् भने हामी किन निजी क्षेत्रलाई निषेध र हरेक कुरा राज्यको स्वामित्वमा ल्याउने समाजवादको कुरा गर्दैछौँ ?”

उनले पूर्ण पुँजीवादी पनि नचाहिएको र पूरै समाजवाद पनि अहिले देशले धान्न नसक्ने टिप्पणी गरे ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro