site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटमा ‘बेवारिसे’ शैली फेरौँ : सांसद पौडेल
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले बजेटमा ‘बेवारिसे’ किसिमको भाषाशैली फेर्नुपर्ने बताएका छन् ।

विनियोजन विधेयकमा समेटिएका दिगो विकास, सार्वजनिक वित्त संकलन, मौद्रिक नीतिको लचकता, सार्वजनिक ऋणको भुक्तानलगायत विषय महत्त्वपूर्ण भएको उनले उल्लेख गरे । आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का विषयमा प्रतिनिधिसभा बैठकमा छलफलका क्रममा सोमबार उनले यस्तो बताएका हुन् ।

Dabur Nepal
NIC Asia

“तर, बढाइनेछ, गरिनेछ, दिइनेछ, बनाइनेछ, विश्वास गरेको छु भन्ने कुराहरू धेरै ठाउँमा छ । यो बेवारिसे छ । करेक्सनका लागि मैले आग्रह गर्दछु,” उनले भने ।

यो यो गरिनेछ भन्ने विषय अर्थमन्त्रीले प्रस्ट रूपमा किटान गरेर ल्याउनुपर्नेमा उनले जोड दिए । उनले भने, “यस किसिमका भाषा, ढंग र शैलीभन्दा फरक ढंगले हामी अघि बढ्नुपर्नेछ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro